नेप्सेमा भारी गिरावट हुँदा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य कमाएस्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य कमाए


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेप्सेमा भारी गिरावट हुँदा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य कमाएस्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य कमाए

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२२ कम्पनीको १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३५ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २२ करोड १४ लाख ७० हजार ७५६ रुपैयाँको सेयर कारोबार भएको हो । आज सबै समूहका उप-परिसूचक घटेका छन् ।

बुधबारको बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस अलावा कर्पोरेन्ट डेभलपमेन्ट बैंक, छ्याङदी हाईड्रोपावर लगायत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् ।

Read More
  • MBL