बिग मर्जरमा व्यवधानको सम्भावना, हिमालयन बैंकमा सुरु भो शङ्कास्पद गतिविधि



Aarthik News

काठमाडौँ । बुधवार कर्मचारी सञ्चय कोषको सञ्चालक समिति बैठकले तुलसी प्रसाद गौतमलाई हिमालयन बैंकको सञ्चालक समिति (बोर्ड अफ डाइरेक्टर) को अध्यक्ष पदबाट हटाउने निर्णय गरे सँगै बहुचर्चित 'बिग मर्जर' भाँडिने सम्भावना बढेको छ। सो बैंक सम्बद्ध उच्च स्रोतले बताए अनुसार मर्जर भाँड्ने उद्देश्य सहित नै बोर्डले गौतमलाई अध्यक्षबाट हटाएको हो। 

हिमालयन बैंकका एक उच्च अधिकारीले बताए अनुसार सो बैंकमा आफ्नो परिवारको २० प्रतिशत शेयर रहेका मनोज बहादुर श्रेष्ठ नै अहिले मर्जरलाई असफल पार्न लागि परेका छन्।  उनकै जोडबलमा गौतमलाई कर्मचारी सञ्चय कोषको प्रशासकबाट हटाएको तर सर्वोच्चको अन्तरिम आदेश बाधक भएपछि बुधवारको बैठक मार्फत श्रेष्ठले आफ्नो बाटो सफा पारेको बताइन्छ ।

Read More
  • NCC Bank