सेन्ट्रल फाईनान्सलाई भुक्तानी सेवा प्रदायक अनुमति


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सेन्ट्रल फाईनान्सलाई भुक्तानी सेवा प्रदायक अनुमति

नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाईनान्स लिमिटेडलाई भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्रदान गरेको छ । अनुमति पश्चात् फाईनान्सले आफ्ना बचतकर्तारग्राहकहरुको लागि आफ्नै मोवाईल बैंकिङ्ग एप मार्फत मोवाईल बैंकिङ्ग सेवा सञ्चालन गर्ने छ । ग्राहकहरुले गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट मोवाइल बैंकिङ्ग एप डाउनलोड गर्न सक्नेछ ।

संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको र विभिन्न शाखा कार्यालयहरुमा एटीएम मेसिन पनि संचालन गरीरहेको छ ।

चुक्ता पूँजी रु. ८८ करोड १० लाख रहेको यस संस्थाले रु. ५ अर्ब ७४ करोड ६५ लाख ६९ हजार निक्षेप संकलन गरी रु. ४ अर्ब ४७ करोड ५३ लाख १० हजार कर्जा प्रवाह गरेको छ । ललितपुरको कुपण्डोलमा संस्थाको आफ्नै कर्पोरेट भवनमा केन्द्रीय कार्यालय सहित विभिन्न जिल्लामा १५ वटा शाखाबाट संस्थाले बैंकिङ्ग कारोबार सञ्चालन गरीरहेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news