निक्षेपमा २ अर्ब ६५ करोड लगानी गर्दै राष्ट्र बैंक


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
निक्षेपमा २ अर्ब ६५ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २ अर्ब ६५ करोड रुपैयाँ निक्षेप लगानी गर्ने भएको छ । कर्मचारी सुरक्षण कोष÷पेन्सन तथा उपदान कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा निक्षेपको रूपमा लगानी गर्न लागिएको राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागद्वारा बुधवार जारी सूचनामा उल्लेख छ ।

निक्षेपका रूपमा लगानी गर्न लागिएको कुल रकममध्ये वाणिज्य बैंकका लागि २ अर्ब १२ करोड, विकास बैंकका लागि ३९ करोड ७५ लाख र वित्त कम्पनीका लागि १३ करोड २५ लाख रुपैयाँ छुट्ट्याइएको छ ।

केन्द्रीय बैंकले आगामी असोज १ गतेदेखि लागू हुनेगरी १ वर्ष (३६५ दिन) अवधिका लागि सो रकम निक्षेपमा राख्न लागेको हो । यसका लागि योग्य बैंक तथा वित्तीय संस्थाले आफूले निक्षेपको रूपमा स्वीकार्न चाहेको रकम उल्लेख गरी शुक्रवार (भदौ २५) सम्म अनलाइमार्फत आवेदन दिन सक्ने बैंकले बताएको छ ।

Read More
  • EBL Ad news