लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण सम्झौता



Financial Notices

लुम्बिनी विकास बैंक लि। र रेमिट टू नेपाल प्रा। लि। बीच विप्रेषण कारोवार सम्बन्धी  सम्झौता सम्पन्न भएको छ ।
 
सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम  ग्राहकहरुले रेमिट टू नेपाल प्रा। लि। को नेपाल अधिराज्यभरका सम्पुर्ण एजेन्सिहरु मार्फत भुक्तनी लिन सक्नेछन् । साथै स्वदेश तथा विदेशबाट रेमिट टू नेपाल मार्फंत पठाएको पैसा ग्राहकहरले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् । 

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री उमेश रेग्मी र रेमिट टू नेपाल प्रा। लि।को तर्फबाट महाप्रबन्धक श्री सन्तोष भेटुवालले संयुक्त रुपमा हस्ताक्षर गर्नु भयो ।  

यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् । “निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ७२ शाखा र १७ वटा ए. टि. एम. का साथै विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा र ABBS, Mobile Banking, ATM, Locker लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण एवं परिमार्जन गर्दै आफ्ना करीव २ लाख ७४ हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

Read More
  • NBB
  • NCC Bank