राष्ट्रिय वाणिज्य बैंकले नै मुद्दती निक्षेपमा दिन थाल्यो ९ प्रतिशत ब्याज


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
राष्ट्रिय वाणिज्य बैंकले नै मुद्दती निक्षेपमा दिन थाल्यो ९ प्रतिशत ब्याज

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नै मुद्दती निक्षेपमा ९ प्रतिशतसम्मको ब्याजदर तोकेको छ। यद्यपि यो ब्याजदर सबैका लागि नभई बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स पठाई बचत गर्नेहरुका लागि मात्रै हो।

विदेशबाट पठाएको रेमिट्यान्सलाई बचत गर्नका लागि प्रोत्साहन स्वरुप बैंकले रेमिट्यान्स मुद्दती निक्षेप र बचत खाता संचालनमा ल्याएको छ। त्यसमध्ये रेमिट्यान्स मुद्दती निक्षेपमा ९ प्रतिशत ब्याज दिने भएको हो। 

न्यूनतम ३ महिनादेखि अधिकतम ३ वर्षसम्मको अवधिका लागि यस्तो खाता खोल्न सकिन्छ। न्यूनतम १० हजार रुपैयाँ मौज्दात राखे पुग्छ। विदेशबाट पठाइएको पैसा सिधै खातामा जम्मा गर्नुपर्नेछ। 

त्यस्तै रेमिट्यान्स बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ। शून्य मौज्दातमै यस्तो खाता संचालन गर्न सकिनेछ। 

Read More
  • MBL