नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड–२ ईकाइ मूल्य समायोजन भएको छ ।
लाभांश प्रयोजनार्थ कम्पनीले आज भदौ २४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले हिजो भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।
समायोजन पछि सिटिजन्स म्युचुअल फण्ड १ को ईकाइ मूल्य ११ रुपैयाँ २० पैसा कायम भएकोछ भने सिटिजन्स म्युचुअल फण्ड–२ को ईकाई मूल्य ११ रुपैयाँ ४९ पैसा कायम भएको नेप्सेले जनाएको छ । हिजो आईतबारको अन्तिम कारोबारमा सिटिजन्स म्युचुअल फण्ड १ को १५ रुपैयाँ २० पैसामा र सिटिजन्स म्युचुअल फण्ड–२ को १५ रुपैयाँ ४९ पैसामा कारोबार भएको थियो सोहि मूल्यका आधारमा इकाई मूल्य समायोजन गरिएको हो ।








