कुमारी बैंक लिमिटेडद्धारा निःशुल्क Antigen टेस्ट् क्याम्प सञ्चालन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कुमारी बैंक लिमिटेडद्धारा निःशुल्क Antigen टेस्ट् क्याम्प  सञ्चालन

कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९को सङ्क्रमणसँग जुध्नका लागि  “निःशुल्क Antigen टेस्ट् क्याम्प” आयोजना गरेको थियो ।

सो क्याम्प काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, भदौ १८  गते आयोजना गरेको जानकारी बैंकले दिएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई अ्एन्टिजन् टेस्ट गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट  १५ मिनेटमा नै दिएको जानकारी गराएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देस्यले उपरोक्त कार्यकम आयोजना गरेको हो ।

आफ्नो डिजिटल सामर्थलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ । 

Read More
  • MBL