आइएमई जनरल इन्सुरेन्सले ४०% हकप्रद बिक्री गर्न बोर्डसँग माग्यो अनुमति


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
आइएमई जनरल इन्सुरेन्सले ४०% हकप्रद बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं  : आइएमई जनरल इन्सुरेन्स कम्पनीले ४०% हकप्रद बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले १०ः४ अनुपातमा ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न लागेको हो । 
 

आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँबाट ४०% हकप्रद बिक्री गर्ने तयारी गरेको हो । उक्त हकप्रद बिक्रीपछि भने कम्पनीको पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २३ करोड ४६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

Read More
  • MBL