लुम्बिनी विकास बैंकलाई रनरअप अवार्ड प्राप्त



Financial Notices

नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय “नेपाल चार्टड एकाउन्टेन्ट संस्था” (आईक्यान) ले प्रत्येक वर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड ऐनुअल रिपोर्ट (बिपीए) को फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड लुम्बिनी विकास बैकंलाई दिएको छ । सन् २०२० मा उत्कृष्ट वित्तीय विबरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो ।

लुम्बिनी विकास बैंकले सदैब कटिबद्ध रही आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता गर्नुको साथै आफुलाई अवार्डको योग्य ठान्ने आईक्यानका साथै अवार्ड प्राप्त गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई  निशुःल्क डेविट÷एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

Read More
  • NBB
  • NCC Bank