काठमाडौँ/ बेष्ट फाइनान्स कम्पनीले काठमाडौँ महानगरपालिका–२२ का रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाइनान्सले सोही वडाको न्युरोड पिपलबोट स्थित रमा गृह भवनमा उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालनमा गरेको हो ।
नयाँ शाखा कार्यालयको सञ्चालक सुशीला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष महेन्द्ररत्न शाक्यले सयुक्त रुपमा उद्घाटन गरेका छन् ।
नेपालको ४ वटा पुराना फाइनान्स कम्पनीहरु मर्ज भई बनेका वेष्ट फाइनान्स कम्पनीले हाल १४ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।








