बेष्ट फाईनान्स कम्पनी लिमिटेड @B ले काठमाण्डौ महानगरपालिका २२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाईनान्सले सोही वडाको न्युरोड,पिपलवोट स्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधवार उक्त शाखा स्थानान्तरण गरी कार्यालय संचालन गरेको हो ।
नँया शाखा कार्यालयको उदघाटन संस्थाका संचालक समितिका महिला संचालक श्रीमती सुशिला खनाल तथा नेपाल सुनचांदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा उदघाटन गरेका थिए ।







