नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा भएका व्यवस्था कार्यान्वयन गर्न एकीकृत निर्देशन जारी गरेको छ । बैंकले मौद्रिक नीतिमा उल्लेख गरिएका विषय कार्यान्वयनका लागि उक्त निर्देशन दिएको हो । राष्ट्र बैंकले मार्जीन प्रकृतिको कर्जा एक व्यक्ति वा संस्थाले अधिकतम १२ करोड रुपैयाँ मात्र लिन सक्ने व्यवस्था गरेको छ । एक व्यक्तिले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ मात्र मार्जिन लिन सक्ने व्यवस्था गरेको छ ।
साथै, भदौ ८ गतेभन्दा अगाडि कुनै ऋणीलाई उक्त सीमाभन्दा बढी कर्जा प्रवाह भएको सो कर्जालाई क्रमिक रुपले घटाउँदै लैजान राष्ट्र बैंकले भनेको छ । निर्देशनअनुसार कुनै बैंक व्यक्तिले लिएको यस प्रकारको कर्जा मौद्रिक नीति जारि भएको मितिबाट लागू हुनेगरि कर्जाको अवधि वा एक बर्ष भित्र जुन पहिले आउँछ सो अवधिभित्र तोकिएको सिमा भित्र ल्याउनु पर्ने भएको छ।
राष्ट्र बैंकको निर्देशनमा मार्जिन सेयर धितो कर्जाको एकल ग्राहकलाई मात्र यस्तो व्यवस्था लागु हुने उल्लेख छ। यस व्यवस्थाले यस अगाडी यो व्यवस्था व्यक्ति र संस्था दुवैलाई लागू हुन सक्छ भन्ने कुरालाई स्पष्ट पारेको छ।