मर्जरको लागि पार्टनर खोज्दै बैंक अफ काठमाण्डू, ग्लोबल आइएमईसँग कुरा मिल्ने अधिक सम्भावना


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मर्जरको लागि पार्टनर खोज्दै बैंक अफ काठमाण्डू, ग्लोबल आइएमईसँग कुरा मिल्ने अधिक सम्भावना

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) र ग्लोबल आइएमई बैंक बिच मर्जरको छलफलले तीव्रता पाएको छ। यी दुवै बैंकका महत्त्वपूर्ण सञ्चालकहरूबिच भएको पछिल्लो छलफलले मर्जरलाई निष्कर्ष उन्मुख बनाएको हो। 

बैंक अफ काठमाण्डूका एक सञ्चालकका अनुसार अघिल्लो शुक्रवार चन्द्रागिरि रिसोर्टमा दुवै बैंकका सञ्चालक र जिम्मेवार अधिकारीहरू बिच अनौपचारिक छलफल भएको हो।  सो छलफलले मर्जरको प्रक्रिया र त्यसकालागि आवश्यक पर्ने प्राविधिक विषयका बारेमा लगभग कुरा टुङ्ग्याएको स्रोतले जनाएको छ। त्यहाँ समझदारी पत्रको प्रारम्भिक खाका समेत तयार भएको स्रोतको दाबी छ। तथापि, यो विषयले अन्तिम रूप भने पाइसकेको छैन।  

त्यसो त बैंक अफ काठमाण्डूले मर्जरको लागि मेगा बैंक, सनराइज बैंक र सिद्धार्थ बैकसँग पनि छलफल जारी नै राखेको छ। यी बैंकहरु बिच एक आपसमा मर्ज गर्ने विषयमा पटक पटक छलफल भएको सम्बन्धित बैंकका सञ्चालकहरूले स्वीकार गरेका छन्। 

Read More
  • MBL