काठमाडौं । नेपाल बैंक लिमिटेडको लाभांश घोषणा प्रकरणबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । कार्यालयले नेपाल राष्ट्र बैंकको निर्देशन विपरित नेपाल बैंकले १ अर्ब ८० करोड रुपैयाँ लाभांश वितरण गरेको भन्दै महालेखाले यो कार्यले नियामकीय निर्देशनको पालना गर्ने तथा लगानीकर्ता र अन्य सरोकारवालाहरुलाई सही सूचना प्रवाह नगरेको ठहर समेत गरेको छ ।
के हो लाभांश प्रकरण ?
नेपाल बैंकले आर्थिक वर्ष २०७६/७७ मा नेपाल बैंकले कमाएको नाफाबाट बैंक सञ्चालक समितिले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश समेत गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव साधारणसभाबाट पारित भएर वितरण समेत भइसकेको छ ।
तर, बैंकले गरेको नाफाबाट लाभांश वितरण गर्न राष्ट्र बैंकले रोक लगाएको थियो । सञ्चित नाफा अझै ऋणात्मक रहेको भन्दै राष्ट्र बैंकले लाभांश दिन लागेको सबै रकम कोषमा फिर्ता लैजान भनेको थियो ।








