लाभांश प्रस्ताव गरेसँगै मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्यमा सर्किट


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लाभांश प्रस्ताव गरेसँगै मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्यमा सर्किट

साउन ३१, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको मिर्मिरे माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

 कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ३५ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सोही कारण लगानीकर्ताको आकर्षण बढेको हो ।  

Read More
  • MBL