नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिका परिसरभित्र उद्घाटन गरिएको छ।
काउन्टरको उद्घाटन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ग्राहकको सेवामा मन जित्दै गएको नेपाल बैंकले महानगर भित्रै आएर सेवा दिन थालेकोमा आभार व्यक्त गरे।
‘अब बैंकले कृषि, महिला उद्यमशिलता लगायतको क्षेत्रमा रोजगार बढाउने तथा उत्पादनमुलक क्षेत्रमा लगानीका र नगरवासीहरुको आर्थिक उन्नतीमा हातेमालो गर्नुपर्छ,’ उनले भने।








