बङ्गलादेश बैंकमा विद्रोहको तयारी, ५० कर्मचारीको हठात् सरुवा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बङ्गलादेश बैंकमा विद्रोहको तयारी, ५० कर्मचारीको हठात् सरुवा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको व्यवस्थापन विरुद्ध कर्मचारीहरू आन्दोलनका तयारीमा लागेका छन्। बैंकमा बढ्दै गरेको चरम बेथिति र संस्थागत सुशासनको अभावले सीमा नाघ्न थालेपछि उनीहरू बाध्य भएर यस्तो तयारीमा लागेका हुन्। 

यसको तयारी स्वरूप कर्मचारी युनियनले सबै कर्मचारीलाई आन्दोलनको लागि मानसिक रूपमा तयारीमा रहन शुक्रवार आन्तरिक सर्कुलर जारी गरेको छ।  उता बैङ्क व्यवस्थापनले पनि कर्मचारीको आवाज दबाउन र सम्भावित आन्दोलन रोक्न शुक्रवार नै एकै चोटि ५० जना कर्मचारीको सरुवा गरेको छ। घटनाक्रम हेर्दा सो बैंकमा व्यवस्थापन र कर्मचारी बिचको टकराब निकै पेचिलो र उच्च बिन्दुमा पुगेको देखिएको छ। 

यसरी हठात् सरुवामा पर्नेमा असिस्टेन्ट जनरल म्यानेजर देखि जुनियर असिस्टेन्टसम्मका कर्मचारी रहेका छन्। सरुवाको क्रममा सिइओ अफिसमा रहेका असिस्टेन्ट जनरल म्यानेजर सुरेश देवकोटालाई चिफ रिस्क अफिसरको जिम्मेवारी सहित एनेक्स बिल्डिङमा सारिएको छ। उता कर्पोरेट ब्रान्चमा कार्यरत राजेन्द्र प्रसाद अधिकारीलाई चिफ अपरेटिंग अफिसरको जिम्मेवारी सहित सिइओ कार्यालयमा लागिएको छ। 

Read More
  • MBL