काठमाण्डौ । हालै आईपीओ बिक्री गरी बाँडफाँड गरेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।
स्पेसल प्रि–ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) तोकेको ओपनिङ रेन्जभित्रै सेयर किनबेच भएपछि मनकामना स्मार्टको सेयर नियमित समयका लागि कारोबार खुलेको हो। यो लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता २९६.७० रुपैयाँमा भएको छ।
गत आइतबार मनकामना स्टमार्टको नेप्सेमा सेयर सूचीकरण सम्झौता भएको थियो। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट कारोबार आउने गर्छ। तर गत सोमबार र मंगलबार स्पेसल प्रि–सेसनमा नेप्सेले तोकेको रेन्जभित्र सेयर किनबेच नहुँदा मनकामना स्मार्टको कारोबार नियमित समयका लागि खुल्न सकेको थिएन।







