सिद्धार्थ बैंक र अर्थोप्लास्ट रिह्याबबीच सम्झौता, ग्राहकले २५ प्रतिशतसम्मको छुट पाउने



Artha Sarokar

काठमाडौं । सिद्धार्थ बैंक र अर्थोप्लास्ट रिह्याबबीच सम्झौता भएको छ । बैंक र रिह्याबबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी उक्त सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले ललितपुरको अर्थोप्लास्ट रिह्याबमा २५ प्रतिशतसम्मको छुट पाउने भका छन् । सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस-कुमारीपाटी ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हरीकुमार तामाङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङमार्फत भुक्तानी गर्दा फिजियोथेरापीको सेवा शुल्कमा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

Read More
  • NBB
  • NCC Bank