सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बर्दियाको जोगीगाउँमा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बर्दियाको जोगीगाउँमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको जोगीगाउँमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। 

बै‌ंकले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा साउन १५ गतेबाट १११ ओैँ शाखारहित बैंकिङ सेवा सुरु गरेको हो। 

सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारुलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ। 

शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत अन्य सेवाहरु उपलब्ध गराउने बैंकले जानकारी दिएको छ।

Read More
  • EBL Ad news