यसकारण नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार भएन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यसकारण नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार भएन

नेपाल स्टक एक्सचेञ्जमा आज (साउन १८ गते, साेमबार) मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार हुन सकेन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच नभएपछि काराेबार हुन नसकेकाे हाे ।

अब आज कम्पनीकाे सेयर काराेबार हुँदैन ।  स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच भएपछि मात्र रेगुलर काराेबार खुल्ने प्रावधान छ ।

जस अनुसार अब भाेलि (मंगलबार) फेरि स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे कारोबार खुल्नेछ । साे सेसनमा काराेबार भएमा मात्रै नियमित काराेबार हुनेछ ।

हिजाे संस्थाकाे १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MKLB सिम्बाेल पाएकाे छ । 

Read More
  • MBL - below news