काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आशा लघुवित्तले आकर्षक प्रगति गरेको छ । यसअवधिमा खुद नाफा १७२.६५% ले बढेर १२ करोड ७१ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ६६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आकर्षक वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
यसअवधिमा खुद ब्याज आम्दानी ५४.९३% ले बढेर २६ करोड २० लाख ४५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १४९.३९% ले बढेर १८ करोड ५२ लाख ३ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा आशा लघुवित्तले १ करोड ६० लाख ६ हजार रुपैयाँ राइट ब्याक गरेको छ । यसले पनि नाफा बढाउन सहयोग पुर्याएको हो ।