सिभिल बैंक व्यक्तिगत निक्षेपकर्ताहरुको पहिलो रोजाई बन्दैछ: डिपोजिट प्रमुख बिष्टको अन्तर्वार्ता



Bizpati

“समृद्धिका लागी सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढी रहेको सिभिल बैंकले विगतका वर्षहरु भन्दा व्यवसायको आयतनमा विशेष रुपमा अप्रत्याशित वृद्धि गरी एउटा नमुना बैंकको रुपमा आफुलाई प्रस्तुत गर्न सफल भएको छ। 

निरन्तर रुपमा मौलिक बैंकिंग सेवाहरु पस्कँदै आइरहेको सिभिल बैंकले साउन महिनामा प्रकाशित भएको विभिन्न बाणिज्य बैंकहरुको ब्याजदरलाई अध्ययन गर्दा सबैभन्दा उच्च ब्याजदर सिभिल बैंकले प्रदान गरिरहेको छ। यसै सन्दर्भमा सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंगका प्रमुख भोला बहादुर बिष्टसंग गरिएको कुराकानीमा आधारित अंशः 

सिभिल बैंकको उच्च ब्याज पाउनेमा ठुला निक्षेपकर्ताहरु मात्रै हुन् कि सर्वसाधारण निक्षेपकर्ता पनि हन् ?

सर्वप्रथम त बैंकको दृष्टिकोणमा सबै ग्राहकहरु समान हुन् हामीले श्रावण महिनामा न्युनतम मौज्दात शुन्य रहेको नेपाली बचत खातामा ४.०१% को वार्षिक प्रतिफल प्रदान गरीरहेका छौं जुन अन्य बैंकहरुको उच्च व्याज संग बराबरको प्रतिफल हो । यसको अलावा यस बचत खातामा ए.टि.यम, मोबाइल बैंकिंग, ईन्टर्नेट बैंकिंग, यस.यम.यस बैंकिंग साथसाथै रु पांच लाख सम्मको दुर्घटना मृत्यु बीमा संगसंगै रु तीन लाख सम्म को निक्षेप सुरक्षण निःशुल्क रुपमै उपलब्ध गराईन्छ ।

Read More
  • NCC Bank