काठमाडौं : सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) असार महिनामा १७ रुपैयाँ ७५ पैसा कायम भएको छ । न्याभ जेठकोे तुलनामा ५५ पैसाले थोरै हो । जेठमा यस फन्डको न्याभ १८ रुपैयाँ २९ पैसा रहेको थियो । यता फन्डले जेठ मसान्तसम्म १ अर्ब ६१ करोड रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । सूचीकृत सेयरमा लगानी रकम पनि घटेको छ ।