ऋणपत्र निष्काशनको लागि एभरेष्ट बैंकले चयन गर्यो बिक्रि प्रबन्धक


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
ऋणपत्र निष्काशनको लागि एभरेष्ट बैंकले चयन गर्यो बिक्रि प्रबन्धक

एभरेष्ट बैंक Everest Bank Limited  ले ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । 

सम्झौतामा बैंकको तर्फबाट कम्पनी सचिव सुरेश चापाँगाई र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्  ।

बैंकले १ हजार अंकित दरको २० लाख कित्ताले हुन आउने दुई अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।   उक्त ऋणपत्रको अवधि ८ वर्ष र ब्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ । 

Read More
  • MBL