मेगा बैंक १२औं बर्षमा प्रवेश : पाँच बर्षे रणनीतिक योजना तयार, बाढी-पहिरो पीडितलाई १२ लाख सहयोग


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मेगा बैंक १२औं बर्षमा प्रवेश : पाँच बर्षे रणनीतिक योजना तयार, बाढी-पहिरो पीडितलाई १२ लाख सहयोग

मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । 

“हामीले हलोदेखि हाइडोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं, सोही अनुरुप सबैभन्दा बढी चुक्तापुँजी र शेयरधनी भएको बैंकको रुपमा मेगा बैंक स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रुपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका छौं,’ अध्यक्ष शाहले भने “राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, उर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रबर्धन गर्ने, उत्पादनमुलक तथा रोजगारमुलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रीत गर्छौं ।”

Read More
  • MBL