२४ घण्टाभित्र नेपालको बैंकिङ सिस्टम ‘ह्याक’ गर्ने धम्की, आतंक फैलाएको भन्दै कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी



Tech Pana

काठमाडौं । बुधबारदेखि नेपालको बैंकिङ सिस्टम ‘ह्याक’ भएको खबरले आतंक मच्चिएको छ । १६ वटा बैंकहरूको नामै उल्लेख गर्दै सिस्टम ‘कम्प्रोमाइज्ड’ भएको र यो दक्षिण एसियाकै ठूलो ह्याक भएको चेतावनी सहितको मेसेज फैलिए पछि समग्र बैंकिङ क्षेत्र नै त्रसित बनेहो हो । 

मेसेजमा स्क्रिनशटमा नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सहप्रवक्ता तथा सूचना अधिकारी नारायण प्रसाद पोखरेलसँगै नविल बैंकका सीईओ अनिल केशरी शाहलाई ईमेल पठाइएको जस्तो देखिन्छ । तर टेकपानासँगको कुराकानीमा सहप्रवक्ता पोखरेलले भने आफूहरूलाई अहिलेसम्म त्यस किसिमको ईमेल प्राप्त नभएको बताए । 

Read More
  • Esewa Phonepay Pvt Ltd (e-Sewa)