पहिलो साता ल्याउन टुङ्गो लागि सकेको मौद्रिक नीति बजेट प्रतिस्थापन अध्यादेशका कारण पर धकिलियाे



Mero Lagani

साउनको पहिलो साता सार्वजनिकिकरण गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीतिलाई बजेट पुनर्स्थापना अध्यादेशले पर धकेल्ने भएको छ। नेपाल सरकार अर्थ मन्त्रालयले बजेट प्रतिस्थापन अध्यादेशको खाका तयार गरिरहेकोले यो साता मौद्रिक नीति सार्वजनिकिकरण सम्भव नरहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

 

“सरकारले बजेट प्रतिस्थापन अध्यादेशको तयारी थालेकोले यो साता मौद्रिक नीति सार्वजनिक गर्न सम्भव देखिएन” नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मेरो लगानीसँग भने।

नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष लागेकै पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ। त्यही समय र तालिका पछ्याउँदै राष्ट्र बैक तयारी अवस्थामा थियो। उसले अध्यादेश मार्फत आएको बजेटलाई आधार बनाएर नीति सार्वजनिक गर्ने गरी लेखन प्रक्रिया सकाएकाे छ। केन्द्रीय बैकले मौद्रिक नीतिको लेखन सकिसकेपछि सञ्चालक समिति बैठक मार्फत स्वीकृत गराउनु पर्छ। 

Read More
  • Esewa Phonepay Pvt Ltd (e-Sewa)