प्रभु इन्स्योरेन्स Prabhu Insurance Company ले बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरेको जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरिएको १० प्रतिशत बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरेको हो ।
२०७८ बैशाख २५ गतेसम्म शेयर डिम्याट गराएका लगानीकर्ताको खातामा शेयर पठाईएको र सो मिति भन्दा पछि शेयर डिम्याट गराएकालाई क्रमश शेयर पठाईने कम्पनीले जनाएको छ । शेयर डिम्याट नगराएकाहरुलाई शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ । शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा गई शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ ।