मनकामना स्मार्ट लघुवित्तको आइपीओ सोमबार ९ः३० बजे बाँडफाँट हुने, करिब दुई प्रतिशतले मात्रै शेयर पाउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मनकामना स्मार्ट लघुवित्तको आइपीओ सोमबार ९ः३० बजे बाँडफाँट हुने, करिब दुई प्रतिशतले मात्रै शेयर पाउने

मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) भोलि असार २८ गते सोमबार बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमबार विहान ९ः३० बजे बाँडफाँट हुने भएको हो ।

 

लघुवित्तले शुक्रबार प्रि अलटमेन्ट गरेर आईपीओ बाँडफाँटको लागि नेपाल धितोपत्र बोर्डसगँ अनुमति माग गरेको थियो । बोर्डबाट अनुमति पाएपछि सोमबार बिहान लघुवित्तको आईपीओ बाँडफाँट हुने भएको हो ।

लघुवित्तले असार २४ गते देखि बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३.१० गुणा बढी हो ।
लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् ।

Read More
  • MBL - below news