सिटिजन्स बैङ्कमा सिर्जना फाइनान्स गाभियो


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैङ्कमा सिर्जना फाइनान्स गाभियो

काठमाडौँ, असार २७ गते । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र सिर्जना फाइनान्स लिमिटेड गाभिएर एकीकृत कारोबार सुरु भएको छ ।
सिटिजन्स बैङ्कले विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई नेपाल राष्ट्र बैङ्क तथा कम्पनी रजिस्ट्रारकोे कार्यालयको स्वीकृतिपछि एकीकृत कारोबार शुभारम्भ गरेको हो ।
एकीकृत कारोबार सुरु भएपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब एक खर्ब ४१ अर्ब रुपियाँ पुुगेको छ । ऋण लगानी करिब एक खर्ब २४ अर्ब रुपियाँ छ । बैङ्कको कुल शाखा १८९ पुुगेको छ ।
बैङ्कको ग्राहक सङ्ख्या करिब १२ लाख छ । फाइनान्सका सेयरधनीले १०० कित्ता सेयर बराबर बैङ्कको ९५ कित्ता सेयर पाउनेछन् । बैङ्कको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपियाँ रहेकामा अब १२ अर्ब ५७ करोड रुपियाँ हुनेछ ।

Read More
  • EBL Ad news