नेपाल बैंकको सर्वाधिक ३ लाख ५० हजार कित्ता खरीद माग


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल बैंकको सर्वाधिक ३ लाख ५० हजार कित्ता खरीद माग

असार २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको पौने तीन घण्टाको अवधिमा नेपाल बैंकको सर्वाधिक शेयर खरीद माग रहेको छ ।

उक्त अवधिसम्ममा बैंकको ३ लाख ५० हजार ४१५ कित्ता शेयर खरीद माग रहेको हो । उक्त अवधिमा बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ४३७ पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा बैंकको शेयर प्रतिकित्ता तीन रुपैयाँले वृद्धि भएको हो ।

 सर्वाधिक शेयर खरीद माग भएसँगै कम्पनीको रू. १३ करोड ५८ लाख ६६ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

Read More
  • MBL