सिटिजन्स बैंक र सिर्जन फाइनान्सको २६ गतेबाट एकिकृत कारोबार हुने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंक र सिर्जन फाइनान्सको २६ गतेबाट एकिकृत कारोबार हुने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जन फाइनान्सलाई प्राप्ती गरी असार २६ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । यी दुबै कम्पनीले जेठ २७ गते अलग अलग विशेष साधारण सभामार्फत प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । 

नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते प्राप्तीका लागि अन्तिम स्वीकृति पश्चात दुबै कम्पनीले एकिकृत कारोबार गर्न लागेका हुन । दुबै कम्पनी एक भई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन । एकिकृत कारोबारका लागि दुबै कम्पनीको विवरणलाई एउटै सफ्टवेयरमा कारोबार गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकाले असार २५ गते साझ ५ बजेदेखि असार २६ गतेसम्म दुबै कम्पनीको सम्पूर्ण सेवा बन्द रहने भएको छ ।

Read More
  • EBL Ad news