नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंकले निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिक जीवनमा आइपर्ने विभिन्न आवश्यकता पुरा गर्न सहयोग पु¥याउने उद्देश्यले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो ।
यस सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा रु.२० हजारदेखि अधिकतम सीमा रु.५ लाख कायम गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार भिसा इन्टरनेशनलसँगको आवद्धतामा क्रेडिट कार्ड सेवा सुरु गरेको हो ।
कार्डको प्रयोगबाट पीओएस टर्मिनल, एटिएम टर्मिनल तथा तथा अनलाइन प्रणाली मार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म बैंक तथा भिसा इन्टरनेशनलमा आवद्ध बैंकहरुको एटिएम टर्मिनलबाट नगद भुक्तानी समेत लिन सकिने बैंकले जनाएको छ । यो कार्डको प्रयोग नेपाल लगायत भारत र भुटान समेतमा प्रयोग गर्न सकिने भएबाट यसको उपयोगले लक्षित वर्गको भुक्तानी प्रणालीमा सहजता पु¥याउने विश्वास बैंकले व्यक्त गरेको छ ।







