मन्त्रीहरूको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मन्त्रीहरूको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका ४ मन्त्रीहरूलाई थप मन्त्रालयको जिम्मेवारी दिएका छन् । ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेर ४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिएका हुन् । जसमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । 
 

त्यस्तै, मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

Read More
  • MBL