प्रि - ओपन सेसनमा मूल्य २ % मात्र घटबढ गर्न पाइने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रि - ओपन सेसनमा मूल्य २ % मात्र घटबढ गर्न पाइने

असार १०, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल दोस्रो बजारमा प्रारम्भिक कारोबार सत्र (प्रि - ओपन सेसन) मा कायम रहेको मूल्य घटबढको सिमालाई परिमार्जन गरेको छ ।

अहिले शेयर बजार खुल्नु अघि १० : ३० बजेदेखि १० : ४५ सम्म प्रि- ओपन सेसन खुला हुन्छ । बोर्डले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै प्रि - ओपन सेसनमा कायम रहेको मूल्य घटबढको सिमालाई घटाएर २ प्रतिशतमा  झारेको हो । यसभन्दा अगाडि प्रि -ओपन सेसनमा कम्पनीको शेयरमूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउने व्यवस्था थियो ।

प्रि - ओपन सेसनमा मूल्य घटबढको सिमा ५ प्रतिशत हुँदा चलखेल भएको गुनासो आएकोमा त्यसलाई २ प्रतिशतमा घटाएर बोर्ड लगानीकर्ताको गुनासो सम्बोधन गरेको हो । 

प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकाले उक्त सत्रमा गरेको धितोपत्रको कारोबार मूल्य परिवर्तन सिमालाई घटाएको बोर्डले बताएको छ ।

Read More
  • MBL