‘नेपाल फाइनान्स अब आफ्नो क्षेत्रभित्र रहेर आक्रमक रुपमा अगाडी बढ्नेछ’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘नेपाल फाइनान्स अब आफ्नो क्षेत्रभित्र रहेर आक्रमक रुपमा अगाडी बढ्नेछ’

उद्धवराज थपलिया 
सीइओ, नेपाल फाइनान्स लि.

पछिल्लो समय ‘ग’ वर्गका फाइनान्स कम्पनीहरु पनि मर्जर हुने क्रम बढ्दै गएको छ । फलस्वरुप फाइनान्स कम्पनीहरु घट्दै गएका छन् । अर्कोतर्फ यसरी फाइनान्स कम्पनीहरु मर्जरमा जाँदा उनीहरु बजदुत र अब्बल बन्दै पनि गएका छन् । नेपाल राष्ट्र बैैंकको पूँजी वृद्धिको योजना अघिसम्म मुलुकमा ८८ वटा फाइनान्स कम्पनी थिए । तर हाल आएर २० वटामा झरेकाे छ । यीमध्ये अझै केही मर्जरमा जाने क्रममा छन् ।

मर्जरमा जाने तयारीमा रहेका फाइनान्स कम्पनीमध्ये नेपाल फाईनान्स र ललितपुर फाइनान्स पनि हाे । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्न विशेष प्रस्ताव हालै पारित गरेको छ । मर्जरपछि नेपाल फाइनान्सले विभिन्न योजनाहरु ल्याउँदैछ । यसरी मर्जरपछि नेपाल फाईनान्स कसरी अगाडी बढ्दैछ भन्ने विषय केन्द्रित रहेर फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ)उद्धवराज थपलियासँग बैंकिङ खबरले कुराकानी गरेको छ । प्रस्तुत छ, सिईओ थपलियासँग गरिएको कुराकानीको सम्पादित अंशः

सबै भन्दा ठूलो फाइनान्स कम्पनीको लक्ष्य राखेर ललितपुर फाइनान्स कम्पनीलाई एक्वार गर्न लाग्नुभएको हो ?

अहिले हामी भर्खरै समस्याबाट हटेका छौं । हामीलाई क्याचुअल इन्प्लेसमेन्ट र बिजनेश पनि म्याच गर्नुपर्ने बाध्यता छ । दुबैलाई म्याच गरेर लैजान शुरुवाती चरणमा सञ्चालन गरे जसरी नै हामी लागि परेका छौं । ललितपुर फाइनान्स पनि समस्याबाट जुग्रिएर खासै सुधार गर्न नसकेको फाइनान्स हो । यस फाइनान्सले एक्वारका लागि प्रस्ताव गरेपछि  हामीले धेरै चरणमा छलफल गर्‍यौँ ।

ललितपुर फाइनान्स ललितपुर जिल्लामा एकदम सामरिक महत्व बोकेको फाइनान्स हो । यसले केहि समय असाधैँ राम्रो गरेको थियो । जस्तै दुई, तीन वटा शाखा हुँदा पनि यसले लगभग साढे दुई अरबजति डिपोजिट र दुई अरबजतिको लोन सञ्चालन गरेर बसेको संस्था हो । यसको असाधैँ राम्रो गुडवइल थियो । बीचमा केहि इस्युहरु, संस्थागत सुशासनमा भएका कमीकमजोरीका कारण अप्ठ्यारोमा पर्यो ।
ललितपुर जिल्लाको सामरिक महत्व बोकेको संस्था भएर पनि हामी सँगसँगै जाऊ । राम्रो बनाऊ । ठूलो बनाऊ भन्ने भयो । सोही अनुसार ललितपुरलाई हामीले प्राप्ति गर्न लागेका हौं ।

कार्यविभाजनका बारे के कसरी अघि बढ्ने योजना आएको छ ? कार्यविभाजनमा समस्या त आउँदैन नि ?

Read More
  • MBL - below news