नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सिटिजन्स बैंकको १ करोड ८४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेपछिको तिनाउ मिसन तर्फको १ करोड ८४ लाख ५० हजार ३ सय ८२ दशमलव ३९ कित्ता शेयर सुचिकृत भएको हो ।
थप शेयर सुचिकृत भएसंगै सिटिजन्स बैंकको सुचिकृत शेयर संख्या ११ करोड ६६ लाख २० हजार ४ सय ९ पुगेको छ । बैंकको यस अघि नै ९ करोड ८१ लाख ७० हजार २७ कित्ता शेयर सुचिकृत थियो ।
तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउने गरि सिटिजन्सले तिनाउ मिसनलाई प्राप्ति गरेको हो।







