प्रुडेन्सियल इन्सुरेन्सले स्थगित सभा असार ६ मा डाक्यो, सेयर परिमार्जन र लाभांश वितरण मुख्य एजेन्डा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रुडेन्सियल इन्सुरेन्सले स्थगित सभा असार ६ मा डाक्यो, सेयर परिमार्जन र लाभांश वितरण मुख्य एजेन्डा

काठमाडौं  : प्रुडेन्सियल इन्सुरेन्सको स्थगित वार्षिक साधारण सभा असार ६ गते बोलाइएको छ । सभा होटल इच्छा सिमरामा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट ८% बोनस सेयर र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । कम्पनीले हाल कायम १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँमा यो बोनस सेयर प्रस्ताव गरेको हो ।
 

प्रस्तावित बोनस सेयरपछि यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँ पुग्नेछ । बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा संस्थापक सेयरधनीको हिस्सा ५१% र सर्वसाधाण सेयरधनीको हिस्सा ४९% पुर्याउने एजेन्डा पनि छ । ‘सेयर कन्भर्जन’ पछि संस्थापक सेयरको हिस्सा ५१% र सर्वसाधारणको हिस्सा ४९% पुग्नेछ । साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ ।

Read More
  • MBL