बिक्री भएन बचतपत्र


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बिक्री भएन बचतपत्र

काठमाडौं  : रेमिट्यान्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगार बचतपत्र ल्याए पनि आकर्षण शून्य जस्तै देखिएको छ।  सरकारले आर्थिक वर्ष २०६६/०६७ देखि वैदेशिक रोजगार बचतपत्र ल्याएको थियो। तर १२ वर्षको अवधिमा ५ प्रतिशत पनि बिक्री हुन सकेको छैन। 

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷०७८ सम्म १३ अर्ब ८ करोड ७९ लाखबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेकोमा ६३ करोड ९३ लाख रुपैयाँ मात्रै बिक्री भएको छ। यो कुल जारी बचतपत्रको ४.८८ प्रतिशत मात्रै हो। वैदेशिक रोजगारीमा रहेका र विदेशबाट फर्केको ६ महिनाभित्र बचतपत्र खरिद गर्न पाइन्छ। 

सरकारले आन्तरिक ऋण उठाउँदा वैदेशिक रोजगारीको आम्दानी (रेमिट्यान्स)लाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न वैदेशिक रोजगार बचतपत्र योजना ल्याएको हो। तर बचतपत्र खरिद गर्न सर्वसाधारणको आकर्षण बढ्न सकेको छैन। आर्थिक वर्ष २०७१÷०७२ देखि २०७३÷०७४ मा ८ प्रतिशतभन्दा बढी बिक्री भए पनि त्योभन्दा अघि र पछिका वर्षहरूमा बिक्री दर निकै थोरै छ। 

Read More
  • MBL