कार्ल इकाहनको टिप्स : यसरी गरौं सेयर बजारमा लगानी



Nepali Paisa

काठमाडौं : कार्ल इकाहनलाई धेरैले गिद्धे पुँजीपति, निष्ठुर कर्पोरेट छापामार अनि कतिपयले सेयरहोल्डरहरुका अभियन्ताको रुपमा पनि चिन्ने गरेका छन् । सन् १९३६ मा जन्मेका इकाहन त्यस्ता भ्यालू इन्भेस्टर हुन्, जसले कमजोर व्यवस्थापन भएका कम्पनीहरु खोज्दछन् । अनि, उनी आफूलाई त्यस्ता कम्पनीको सञ्चालक समितिमा निर्वाचित गराउन आवश्यक पर्ने पर्याप्त सेयर गरिद गर्दछन् । राम्रो प्रतिफलका लागि आवश्यक पर्ने सबै अवस्था सिर्जना गर्न माथिल्लो तहको व्यवस्थापनलाई नै परिवर्तन गर्दछन् ।

यस्तो रणनीतिबाट विगत ३० वर्षको अवधिमा इकाहनले राम्रो सफलता पनि हात पारेका छन् । गलत व्यवस्थापनका कारण कम मूल्यांकन भएका कम्पनीलाई रोज्छन् । जसलाई उनी आपूm नेतृत्वमा आएपछि परिवर्तन गर्न सहज हुने विश्वास लिन्छन् । त्यस्ता कमजोर कम्पनीको पर्याप्त सेयर खरिद गर्छन् र व्यवस्थान पक्षलाई नै परिवर्तन गर्छन् । त्यसैले पनि उनलाई कर्पोरेट छापामारको रुपमा चिनिएको हो । 

उनको एक भनाई यस्तो छ : मैले सँधै सेयरहोल्डरको चासोलाई हेर्ने गरेको छु र म नै सबैभन्दा ठूलो सेयरहोल्डर हुँ । इकानले आफूले सेयरहोल्डरको पक्षमा काम गरेको र सेयरहोल्डरको अभियन्ता नै भएको तर्क गर्ने गेरका छन् । वास्तविक भ्यालू इन्भेस्टिङ नभई कम मूल्यांकन भएका कम्पनीहरुमा उनले जोड दिने गरेका छन् ।

आम सेयर लगानीकर्तालाई इकाहनको सुझाव 

लगानीकर्ता बन्नुहोस् 

इकाहनले कुनै पनि व्यापारको हिस्सामा स्वामित्व राख्न सुझाव दिएका छन् । बजारले गति परिवर्तन गरेपिच्छे सेयर खरिद र बिक्री गर्ने चक्रमा रुमल्लिनु हुँदैन । त्यसैले आफूलाई विश्वास लाग्ने तथा बुझेको व्यवसाय वा कम्पनी पहिचान गरी लगानी गर्नुपर्छ । सफल र दीर्घकालीन लगानीका लागि उपउक्त कम्पनी छनोट गर्न आवश्यक छ ।

धैयर्ता राख्नुहोस्  ...

Read More
  • Financial Notices