१३ % ले बढ्यो बिट्क्वाइनको भाउ



Aarthik Abhiyan

जेठ २७, लन्डन (बेलायत) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ १३ प्रतिशतले बढेको छ । 

एल सल्भाडोरले कानूनी टेन्डरको रुपमा अपनाउन कानून पारित गरेको भोलिपल्ट यसको भाउ बढेको हो । बिहान ४: ४८ ईटीमा यसको भाउ १३ प्रतिशतभन्दा धेरैले बढेर प्रतिगोटा ३७ हजार माथि पुगेको क्वाइन डेस्कको डेटाले देखाएको छ । 

बुधवार एल सल्भाडोरका कानून निर्माताहरुले बिट्क्वानलाई कानूनी टेन्डर बनाउने कानून पारित गरेका थिए । यसको अर्थ अब मूल्य बिट्क्वाइनमा पनि देखाइने छ र करदाताहरुले यसैमार्फत कर पनि भुक्तानी गर्न सक्नेछन् ।

Read More
  • Financial Notices