फेरि पनि हाइड्रो, विकास बैंक र फाइनान्समै आकर्षण, धेरै पुँजी हुनेको भाउ कहिले बढ्ला ?



Nepali Paisa

काठमाडौं : सेयर बजार बिहीबार सामान्य रहेको छ । नेप्से सूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा अडिँदा १६ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । यस दिन हाइड्रोपावर, फाइनान्स तथा विकास बैंक समूहमा तेजी देखिएको छ । १२ कम्पनीको भाउ ९% भन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । यसरी वृद्धि हुनेमा अधिकांश हाइड्रोपावर समूहकै कम्पनीहरु रहेका छन् ।

विशेषगरी पुँजी कम भएका कतिपय हाइड्रोपावर कम्पनीहरुको मूल्य बढेर सर्किट लागेको देखिन्छ । ठूला पुँजी भएका कम्पनीहरुको वित्तीय अवस्था सबल रहे पनि मूल्य भने खासै बढ्न सकेको छैन । सेयर बजार समग्रमा बुल रनमा रहेको छ । बुलिस ट्रेन्ड भएकाले अहिले भाउ नबढेका समूहहरुमा पनि क्रमशः तेजी आउने विश्वास गर्न सकिन्छ ।

Read More
  • Financial Notices