शेयर बजारमा सामान्य अंकको गिरावट, १६ अर्ब १० करोडको कारोबार



Aarthik News

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार सामान्य अंकको गिरावट आएको छ । हिजो बुधबार १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको थियो । 

आज नेप्से १.८० अंकले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।    

Read More
  • Financial Notices