शुल्क लिएर ब्रोकरलाई आफ्नै टिएमएस चलाउन दिने नेप्सेको तयारी, धितोपत्र बोर्डमा पठायो प्रस्ताव



Bizpati

ब्रोकरले आफ्नै टिएमएस जडान गर्न सक्ने गरि नेपाल स्टक एक्सचेन्ज नेप्सेले विनियमावली संशोधन प्रस्ताव गरेको छ । नेप्सेले धितोपत्र कारोबार संचालन बिनियमावली संशोधन गरि स्वीकृतिको लागि नेपाल धितोपत्र  बोर्डमा पठाएको हो ।

नेप्सेले यस अघि सूचना प्रविधि कार्यविधि बनाएर ब्रोकरहरुले आफ्नै टिएमएस संचालन गर्न सक्ने ब्यबस्था सहितको प्रस्ताव स्वीकृतिको लागि बोर्डमा पठाएको थियो । कार्यविधिमा टिएमएस प्रयोग गरे वापत नेप्सेलाई तिर्नु पर्ने शुल्क समेत उल्लेख गरिएको थियो । तर बोर्डले शुल्कको विषय कार्यविधिमा राख्न नमिल्ने भन्दै नियमावलीमा राख्नु पर्ने भन्दै उक्त प्रस्ताव फिर्ता पठाईदिएको थियो । बोर्डबाट प्रस्ताव फिर्ता आएपछि नेप्सेले विनियमावली संशोधन गरेर बोर्डमा पठाएको हो । 

Read More
  • Financial Notices