सिटिजन्स बैंकले प्राप्ति गर्ने प्रस्ताव अनुमोदन, पूँजी १२ अर्ब ५८ करोड पुग्ने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिटिजन्स बैंकले प्राप्ति गर्ने प्रस्ताव अनुमोदन, पूँजी १२ अर्ब ५८ करोड पुग्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसन लिमिटेडको सातौँ विशेष साधारण सभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर (१ः०.९५) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ । 

सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सिर्जना फाइनान्स लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव विशेष साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको हो । 

Read More
  • MBL