जेठ २४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
पोखरा फाइनान्स र आइसीएफसी फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको हो । यो समाचार तयार पार्दाको समय १२ : ३० बजेसम्ममा ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।
पोखरा फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. ५३९ र आइसीएफसी फाइनान्सको शेयर मूल्य रू. ५२८ पुगेको हो ।








