कोभिड व्यवस्थापनमा सिटिजन्स बैंक उदाहरणीय, कर्मचारी बचाउन केयरिङदेखि हेलिकोप्टर चार्टरसम्म


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
कोभिड व्यवस्थापनमा सिटिजन्स बैंक उदाहरणीय, कर्मचारी बचाउन केयरिङदेखि हेलिकोप्टर चार्टरसम्म

काठमाण्डौ । तपाई एकाएक गम्भीर बिरामी पर्नुभयो । यति गम्भीर कि तपाई रहेको स्थानमा उपचार असंभव भयो र तत्काल हेलिकोप्टर चार्टर गरेर सुगम ठाउँमा जानुपर्ने भयो । यस्तो अवस्थामा तपाई कार्यरत संस्थाले नै सबै चिजको व्यवस्थापन गरिदेला भनेर सोच्नुहुन्छ ? बिरलैले मात्र सोच्लान् ।

यत्रो ठूलो सहयोग पाएर आफूले नयाँ जीवन पाइएला भनेर जुम्लाको सिमीकोटका खडग उपाध्यायले पनि सोचेका थिएनन् । तर, उनकै शब्दमा ‘कल्पनाभन्दा बाहिरको सहयोग’ उनी कार्यरत सिटिजन्स बैंकले गर्यो र कोभिड १९ बाट ग्रसित भई मृत्युको मुखमा परेका उनले समयमै उद्धार, उपचारसँगै नयाँ जीवन पाए ।‘म सिटिजन्स बैंकबाहेक अन्य कुनै बैंक वा कम्पनीमा काम गरिरहेको हुन्थे भने सायद मेरो उपचार संभव थिएन जस्तो लाग्छ ।’ आफू कार्यरत बैंकबाट अनपेक्षित सहयोग पाएपछि भावविह्वल भएका उपाध्यायले बिजशालासँग भने–‘म कार्यरत संस्था(बैंक)ले नपत्याउने सहयोग गर्यो । अरु कसैले यत्रो ठूलो सहयोग गर्दैनन् सर ।’ ....

Read More
  • EBL Ad news