नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले पाए राष्ट्र बैंकबाट एलओआई


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले पाए राष्ट्र बैंकबाट एलओआई

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडकाे मर्जर प्रकृयालाई लेटर अफ इन्ट्रेस्ट (LOI) दिएको छ । बैंककाे साेमबार बसेकाे बैठकले यी दुई बैंकलाई एलओआई दिने निर्णय गरेकाे हाे ।

दुवै बैंकबीच एकआपसमा गाभ्न गाभिनका लागि वैशाख ३० गते, बिहीबार प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस्ताक्षर भएको थियाे । नेप्सेमा अहिले यी दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे हाे । सम्झौतापत्रमा  हस्ताक्षर गरेका हुन् । 

मर्ज हुन लागेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक, लाभांश वितरणमा कुन बैंक बलियो ?

दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने भएको हुँदा दुवै बैंकका सेयरधनीहरुसँग जति कित्ता सेयर छ त्यति नै नयाँ बन्ने बैंकको सेयर प्राप्त गर्नेछन् ।  ...

Read More
  • MBL